कांग्रेसले शर्मा र साउदलाई बनायो उपनिर्वाचन संयोजक

काठमाडौँ- नेपाली कांग्रेसले बैशाख १५ गते हुने उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक तोकेको छ ।
कांग्रेसले इलाम–२ का लागि महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेश सभाका लागि पूर्वमन्त्री एनपी साउदलाई संयोजक बनाएको छ ।
कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ भने बझाङको प्रदेशसभाका लागि अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ । उनी सडक दुर्घटनामा मृत्यु भएका सुदूरपश्चिमका पूर्वमन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन् ।
त्यस्तै इलाममा उम्मेदवार बनेका खड्का गत निर्वाचनमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङसँग ११४ मतले पराजित भएका थिए । उनी कांग्रेस जिल्ला सभापति समेत हुन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया