एलेक्सिज सान्चेजले कोपा अमेरिका गुमाउने

काठमाडौँ: चिलीका फरवार्ड एलेक्सिज सान्चेजले यस सिजनको कोपा अमेरिका गुमाउने भएका छन् । इन्टर मिलानका खेलाडी सान्चेज शुक्रबार अभ्यास दौरानमा घाइते भएपछि खेल गुमाउने भएका हुन् । उनले खुट्टाको चोट बोकेको चिली फुटबल संघले जनाएको छ ।
‘सान्चेजले कोपा अमेरिका खेल्ने छैनन् । कोपा दोस्रो चरण पुग्दा सान्चेज चोटमुक्त हुने भए पनि रिह्याबिलेसन नसकिने हुँदा उनी ब्राजिल जाने छैनन् । बरु चिलीमै मेडिकल टिमको रेखदेखमा रहनेछन्,’ चिली फुटबल संघले भनेको छ ।
चिलीले कोपामा आफ्नो पहिलो खेल सोमबार खेल्दैछ । रियो डे जेनेरियोको निल्टन सान्तोस रंगशालामा सान्चेजबिनाको चिलीले अर्जेन्टिनाको सामना गर्नेछ । चिली कोपाको समूह बी मा रहेको छ । त्यस समूहमा चिली र अर्जेनिटना बाहेक बोलिभिया, पाराग्वे र उरुग्वे रहेका छन् ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया