काठमाडौँ उपत्यकामा थपियो निषेधाज्ञा, खाद्यान्न पसल ११ बजेसम्म खोल्न पाउने

काठमाडौँ : काठमाडौँ उपत्यकामा असार ७ गतेसम्म निषेधाज्ञा थपिएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा भएको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले उक्त निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।
खाद्यान्न फलफूल र पुस्तक पसल खोल्ने समय पनि थपिएको उनले जानकारी दिए । '११ बजेसम्म पसल खोल्ने समय थपिएको छ,' उनी भन्छन,' ४ बजेदेखि हार्डवेयर र मोबाइलसमेत पसल खोल्न पाइने भएको छ ।' होटल तथा रेष्टुरेन्टबाट ७ बजेदेखि होम डेलिभरी गर्न पाइने व्यवस्था गरिएको उनले जानकारी दिए ।
उपत्यकामा कोभिड-१९ को संक्रमणको तीव्र रुपमा फैलिएपछि पहिलो चरणको निषेधाज्ञा वैशाख १६ गतेदेखि लागू भएको थियो । संक्रमण दर नघटेपछि बैशाख २२ गते पुनः निषेधाज्ञा थप गरी २९ गतेसम्म र २९ गतेदेखि पुन थप गरी जेठ १३ गते राती १२ बजेसम्म र त्यसपछि २० गतेबाट जेठ ३१ सम्म थपिएको थियो । पछिल्लो समय थपिएको निषेधाज्ञाको समय भोलि सकिँदैछ ।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया