मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

७ जिल्लाका एसपी फेरिए : नुवाकोटमा कोइराला, बारामा खड्‌का

काठमाडौँ- नेपाल प्रहरी प्रधान कार्यालयले ७ वटा जिल्लाका एसपी सरुवा गरेको छ । 

मधेश प्रदेशसहित ७ वटा जिल्लामा अवधि नपुग्दै एसपीहरूको सरूवा गरिएको हो  ।

जसअनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा तुलबहादुर कार्की, नुवाकोटमा शान्तिराज कोइराला, बारामा महेन्द्र खड्का, रौतहटमा दिलीप घिमिरे, सर्लाहीमा रविन्द्र सिंह, महोत्तरीमा नकुल पोखरेल र धनुषामा भुवनेश्वर तिवारीलाई सरूवा गरिएको छ ।