डेनिस फुटबल संघ भन्छ, ‘एरिक्सनको स्वास्थ्य अवस्था स्थिर’

काठमाडौँ: डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सनको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । शनिबार राति फिनल्यानडसँगको खेल दौरान मैदानमा ढलेका एरिक्सनको हाल कोपनहेगानस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।
डेनिस फुटबल संघ (डीबीयू) ले एरिक्सनको थप जाँच र उपचार भइरहेको जनाएको छ । ‘हामीले आज एरिक्सनसँग कुरा गर्यौँ । उनको स्वास्थ्य अवस्था स्थिर छ । उनको थप जाँच र उपचार चलिरहेको छ । उनले आफ्ना साथी खेलाडीलाई सन्देश पठाएका छन्,’ एरिक्सनको स्वास्थ्यबारे ताजा जानकारी दिन निकालिएको विज्ञप्तिमा भनिएको छ ।
एरिक्सनको स्वास्थ्य प्रति चासो राख्ने सबैलाई डीबीयूले धन्यवाद पनि भनेको छ । ‘एरिक्सनलाई कुनै सन्देश दिनुछ भने हामी मार्फत दिन आग्रह छ । हामी सबैको सन्देश उनी र उनको परिवारसमक्ष पुर्यादिनेछौँ,’ डीबीयूले भनेको छ ।
एरिक्सनलाई अस्पताल लगिएसँगै डेनमार्क र फिनल्यान्डबीचको खेल स्थगित गरिएको थियो । सोही दिन खेल्ने वा अर्को मितिका लागि सार्ने विकल्प प्रस्तुत गरिँदा दुबै टिमले सोही दिन खेल्ने निर्णय गरे । र, खेल रोकिएकै समयबाट सुरु गरिएको थियो ।
अन्ततः खेल फिनल्यान्डले जितेको थियो । ५९औँ मिनेटका फिनल्यान्डका लागि जोएल पुजनपालोले निर्णायक गोल गरेका थिए । पीएर एमिल हाएबर्गले पेनाल्टीमा गोल गर्न नसकेपछि डेनमार्कले खेल बराबरी गर्ने मौका गुमाएको थियो ।

नेपाल ६ बिकेटले बिजयी, बहराइन समूह चरणवाटै बाहिरियो

सन्दीप लामिछानेको क्यान कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

प्रतिक्रिया