नेपाल र दक्षिण कोरियाका १० पर्वतारोही जुगल हिमाल चढ्ने

काठमाडौँ- नेपाल र दक्षिण कोरियाका दश पर्वतारोही जुगल हिमाल आरोहण गर्न शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
नेपाल पर्वतारोहण संघ, पर्यटन बोर्ड र सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले शुक्रबार काठमाडौँमा संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै चैत्र २४ गते शनिबारबाट जुगल हिमाल १ र २ को पहिलो आरोहणका लागि त्यसतर्फ प्रस्थान गर्ने जनाएको हो । नेपालका तीन र दक्षिण कोरियाका सात पर्वतारोहीले नेपाल सरकारले गत वर्ष मात्रै आरोहण खुला गरेको ६,५९१ मिटर उचाइको जुगल– १ र ६,५१८ मिटर अग्लो जुगल– २ चढ्न लागेका हुन् ।
नेपाल र दक्षिण कोरियाबीच स्थापना भएको कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भएको अवसरमा जुगल गाउँपालिका, नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड, कोरियन राजदूतावास र ओम वोंगिल फाउन्डेसनको संयुक्त आयोजनामा जुगल हिमाल आरोहण तय भएको पर्वतारोहण संघका महासचिव मोहन लम्सालले जानकारी दिए ।
नेपाल कोरिया फ्रेन्डसिप एक्सपिडिसन २०२४ मा सहभागी हुने पर्वतारोहीलाई प्रधानमन्त्री प्रचण्डले नेपाल र कोरियाको झण्डा हस्तान्तरण गरेर जुगलतर्फ बिदाइ गर्ने कार्यक्रम छ ।

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_VzxXBXDPtt_qphn2advyei8vryzf4qzdbs3khthypleqflmgy6uzq9ltbudhvrguxtgyesk.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

प्रतिक्रिया