बुधबार १८ असार, २०८२
Wednesday, July 02, 2025

भक्तपुरमा बिस्काः जात्राको तयारी (फोटो फिचर)

तस्बिर : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- भक्तपुरमा आगामी सातादेखि बिस्काः जात्रा सुरू हुँदैछ । बिस्काः जात्रा वैशाख १ गतेभन्दा चार दिनअघि सुरु भएर वैशाख ५ गते समापन गरिने प्रचलन रहेको छ ।

बिस्काः जात्राको पहिलो दिन भैरवनाथसहित भद्रकालीको पनि रथ तानिन्छ । भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमानढोकाबाट ल्याएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु भएको हो । रथ तान्न सुरु गरी राति अबेरसम्म टौमढीबाट रथलाई माथि र तल तानेर गःहिटी पुर्‍याउने चलन छ ।

रथमा जुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्ति चढ्न दिइन्छ ।

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज