मंगलबार २४ असार, २०८२
Tuesday, July 08, 2025

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिएको राजीनामा स्वीकृत

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दिएको राजीनामा स्वीकृत गरिएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीले हिजो दिएको राजीनामा आज स्वीकृत गरेका हुन् । 

‘नेपालको संविधानको धारा १६९ को उपधारा १ को खण्ड क बमोजिम तपाइले मिति २०८० चैत २२ मा दिनु भएको राजीनामा स्वीकृत गरेको छ,’ प्रदेश प्रमुख शेरचनले पठाएको पत्रमा भनिएको छ, ‘यहाँले मुख्यमन्त्रीको रूपमा हालसम्म पुर्‍याउनु भएको योगदानका लागि धन्यबाद ज्ञापन गर्दछु ।'