म्यानचेस्टर युनाइटेडमाथि चेल्सीको रोमाञ्चक जित

काठमाडौँ- इङ्लिश प्रिमियर लिग अन्तर्गत चेल्सीले म्यानचेस्टर युनाइटेडमाथि रोमाञ्चक जित हासिल गरेको छ ।
गएराति भएको खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीको जितमा कोल पाल्मरले ह्याट्रिक गरेका थिए । उनले तिनै गोल पेनाल्टीमार्फत गोल गरेका थिए । पाल्मरले खेलको अन्तिम मिनेटमा पेनाल्टीमार्फत दुई गोल गरेर जिताएका थिए । त्यस्तै चेल्सीको जितमा पहिलो गोल कोनोर गल्लाघेरले गरेका थिए ।
त्यस्तै म्यानचेस्टर युनाइटेडका लागि अलेजान्द्रो गार्नाचोले २ गोल गरेका थिए भने ब्रुनो फेर्नानडेजले एक गोल गरेका थिए ।
यो जितपछि चेल्सीको २९ खेलमा ४३ अंक भएको छ र लिगमा १०औं स्थानमा रहेको छ । त्यस्तै म्यानचेस्टर युनाइटेडको ३० खेलमा ४८ अंक रहेको छ र लिगमा छैटौं स्थानमा छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया