यस्तो हुनेछ आजको मौसम

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।
देशभर आंशिक बदलीदेखि साधारणतया बदली रहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा साथै बांकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा साथै बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

जब हृदयन्द्रको जुम्ला यात्राले सामाजिक सञ्जाललाई मोहित बनायो...

इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ

ट्याङ्करले ठक्कर दिँदा सात जना घाइते

पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

सिन्धुलीमा रुखले किच्दा दुई जनाको मृत्यु, तीन घाइते
चक्रे मिलनसहित १९ जनालाई गुण्डागर्दीको अभियोगमा म्याद थप

प्रतिक्रिया