कांग्रेसले इलाम र बझाङमा उम्मेदवार टुंग्यायो

काठमाडौँ- नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । वैशाख १५ गते हुने निर्वाचनमा इलाम-२ उपनिर्वाचनमा डम्बर खड्का र बझाङको क्षेत्र नम्बर १ प्रदेशसभा 'क' सदस्यमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
आज देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले इलाम- २ मा खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेसले इलाम- २ मा उम्मेदवार तय गर्न आज सबै आकांक्षीसँग छलफल गरेका थिए ।
इलाम- २ मा वरिष्ठ नेता डा. शेखर कोइराला लगायतले भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका थिए ।
डम्बर खड्का २०७९ को मंसिर ४ मा भएको आम निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्वाङसँग ११४ मत अन्तरले पराजित भएका थिए । बझाङको प्रदेशसभा सदस्य उम्मेदवार रहेका सिंह यसअघि प्रदेश सभा सदस्य रही मृत्यु भएका पृथ्वीबहादुर सिंहका छोरा हुन् ।

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

सरकारले सुशासनको अनुभूति दिलाउन सकेनः डा. कोइराला

माओवादीलाई विभाजन गर्न षड्यन्त्र र जालझेल भइरहेको छः अध्यक्ष प्रचण्ड

प्रतिक्रिया