सेती प्रादेशिक अस्पतालमा प्रविधियुक्त नयाँ अक्सिजन प्लान्ट उद्घाटन

काठमाडौँ- जगदम्बा स्टील्स लिमिटेडले इन्फिनिटी फाउन्डेसनसँगको साझेदारीमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ठूलो क्षमताको प्रविधियुक्त नयाँ अक्सिजन प्लान्ट निशुल्क उपलब्ध गराई सहयोग स्वरुप हस्तान्तरण गरी एक समारोहबीच उद्घाटन गरेको छ । कम्पनीको व्यवसायीक सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताको प्रमाण मान्न सकिने जनाएको छ ।
उद्घाटन समारोहमा सेती प्रादेशिक अस्पताल, धनगढीका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. खगेन्द्रराज भट्ट, सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाह (निर्मल) तथा जगदम्बा स्टील्स लिमिटेडका जनसम्पर्क उपाध्यक्ष कृष्णदत्त भट्ट; कानून प्रबन्धक (कम्पनी सचिव विजय तिमल्सेना र जगदम्बा स्टील्सका बिक्री प्रतिनिधि नवीन पाण्डेलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।
दुई संस्थाहरूबीचको यो सहकार्यले सामुदायिक कल्याणप्रतिको समर्पण मात्र नभई स्वास्थ्य सेवाको महत्वपूर्ण आवश्यकतालाई पनि सम्बोधन बताइएको छ । अक्सिजन आवश्यक परेका विरामीहरूलाई समयमै अक्सिजन उपलब्ध गराउन स्थापना गरीएको यस अक्सिजन प्लान्टले स्थानीय समुदायलगायत समग्र सुदूरपश्चिमका नागरिकलाई प्रभावकारी चिकित्सा सेवा सुनिश्चित गर्दै बिरामीहरूको सेवा गर्ने अस्पतालको क्षमतामा उल्लेखनीय वृद्धि गर्नेछ ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_GZer7cVO07_su4y70zgktrfe6qrd2ghqfd5vcd3itbattoi5oafnzzdemkoxjf1rrbrw4jz.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

प्रतिक्रिया