म्यानचेस्टर सिटीको जितमा फोडेनको ह्याट्रिक

काठमाडौँ- इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले ह्याट्रिक गरेका थिए भने रोड्रीले एक गोल गरेका थिए । त्यसैगरी एस्टन भिल्लाका लागि जोन दुरानले एक गोल फर्काएका थिए ।
यो जितपछि म्यानचेस्टर सिटीको ३० खेलमा ६७ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको लिभरपुल २९ खेलमा ६७ अंकसहित गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ ।
त्यसैगरी लिगको शिर्ष स्थानमा भने आर्सनल रहेको छ । आर्सनलको ३० खेलमा ६८ अंक रहेको छ । त्यस्तै यस खेलमा हार बेहोरेको एस्टन भिल्लाको ३१ खेलमा ५९ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा छ ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया