इतिहासमा अप्रिल ४

काठमाडौँ- आज चैत २२ गते अर्थात अप्रिल ४ । आजको दिन इतिहासमा विभिन्न घटनाहरू भए । ती केहि महत्वपूर्ण घटनाबारे जानकारी दिन गइरहेका छौँ ।
सन् १८४१ अप्रिल ४ मा अमेरिकी राष्ट्रपति विलियम हेनरी ह्यारिसनको निमोनियाका कारण मृत्यु भयो । कार्यालयमा मर्ने उनी पहिलो अमेरिकी प्रमुख कार्यकारी हुन् । त्यसपछि जोन टायलर राष्ट्रपतिको पद ग्रहण गर्ने पहिलो उपराष्ट्रपति बनेका थिए ।
सन् १९१७ अप्रिल ४ मा अमेरिकी सिनेटले जर्मनीविरुद्ध युद्ध घोषणा गर्ने पक्षमा मतदान गरेको थियो ।
सन् १९४५ अप्रिल ४ मा दोस्रो विश्वयुद्धको दौडानमा अमेरिकी सेनाले जर्मनीको नाजी यातना शिविर ओह्रड्रफलाई मुक्त गरेको थियो । पछि सोभियत सेनाले बाँकी रहेका जर्मन सेनाहरूलाई हटाएपछि हंगेरी स्वतन्त्र भएको थियो ।
सन् १९४९ अप्रिल ४ मा संयुक्त राज्य अमेरिकासहित १२ राष्ट्रहरूले वाशिंगटन, डीसीमा उत्तर एट्लान्टिक सन्धिमा हस्ताक्षर गरेका थिए ।

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया