सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

एम्बाप्पेको गोलमा पिएसजी फ्रेन्च कपको फाइनलमा

काठमाडौँ- पिएसजी फ्रेन्च कपको फाइनलमा पुगेको छ । गएराति भएको फ्रेन्च कपको सेमिफाइनलमा पिएसजीले रेन्नेजलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

पिएसजीको जितमा खेलको ४०औँ मिनेटमा किलीयन एम्बाप्पेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

अब पिएसजीले फाइनलमा आगामी मे २५ मा लियोनको सामना गर्नेछ ।