जगदम्बाले दियाे इन्फिनिटीसँगको साझेदारीमा सेती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट

काठमाडौं - जगदम्बा स्टील्स लिमिटेडले इन्फिनिटी फाउन्डेसनसँगको साझेदारीमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ठूलो क्षमताको प्रविधियुक्त नयाँ अक्सिजन प्लान्ट निशुल्क उपलब्ध गराएकाे छ ।
यसलाई कम्पनीको व्यवसायीक सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताको प्रमाण मान्न सकिन्छ । उद्घाटन समारोहमा सेती प्रादेशिक अस्पताल, धनगढीका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. खगेन्द्रराज भट्ट, सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाह (निर्मल) तथा जगदम्बा स्टील्स लिमिटेडका जनसम्पर्क उपाध्यक्ष कृष्णदत्त भट्ट;कानून प्रबन्धक(कम्पनी सचिव विजय तिमल्सेना र जगदम्बा स्टील्सका बिक्री प्रतिनिधि नवीन पाण्डेलगायतकाे उपस्थिति रहेको थियो ।
दुई संस्थाहरू बीचको यो सहकार्यले सामुदायिक कल्याण प्रतिको समर्पण मात्र नभई स्वास्थ्य सेवाको महत्वपूर्ण आवश्यकतालाई पनि सम्बोधन गर्दछ। अक्सिजन आवश्यक परेका विरामीहरूलाई समयमै अक्सिजन उपलब्ध गराउन स्थापना गरिएको यस अक्सिजन प्लान्टले स्थानीय समुदायलगायत समग्र सुदुरपश्चिमका नागरिकलाई प्रभावकारी चिकित्सा सेवा सुनिश्चित गर्दै बिरामीहरूको सेवा गर्ने अस्पतालको क्षमतामा उल्लेखनीय वृद्धि गर्नेछ।
यस पहलले पक्कै पनि स्वास्थ्य क्षेत्रमा अक्सिजन जस्तो अपरिहार्य तत्वको विद्यमान संकटलाई सम्बोधन गरि अस्पतालको पूर्वाधारलाई बलियो बनाउन ठूलो मद्दत गर्नेछ ।

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_O1BH6nlQx4_lgc3jqrgvtkarbub87zlta5omilddkdy6wig6z1o5korbyzshd5rt4zbvtfq.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

प्रतिक्रिया