काठमाडौँ महानगरविरुद्ध दृष्टिविहीनहरूको प्रदर्शन

काठमाडाैँ - सडकमा गीत गाएर जिविकोपार्जन गर्दा काठमाडौं महानगरले अवरोध सिर्जना गरेको भन्दै दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले विरोध जनाएका छन् ।
दृष्टिविहीन आमा घर सामाजिक संस्थाको अगुवाइमा उनीहरुले आफूहरुलाई सहज रुपमा जीविकोपार्जन गर्ने वातावरण सिर्जना गर्नुपर्ने र महानगरले सहजीकरण गर्नुपर्ने भन्दै बुधबार काठमाडौंको शान्तिवाटिकामा विरोध जनाएका हुन् ।
सडकमा गीत गाउँदा आफूहरुको माइक स्पिकर महानगरले खोसेको उनीहरुले गुनासो गरेका छन् । उनीहरुले दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिमाथि ज्यादती गर्न पाइँदैन, स्वरोजगारको व्यवस्था गर, दृष्टिविहीन अपाङ्गता भत्ता वृद्धि गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
साथै उनीहरुले दृष्टिविहीन व्यक्तिहरूको हक अधिकार हनन गर्न नहुने, स्वास्थ्य, शिक्षा र रोजगारको व्यवस्था गर्नुपर्ने लगायतका माग समेत राखेका छन् ।

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

प्रतिक्रिया