प्रधानमन्त्रीलाई पल्टुराम भनेको भन्दै राष्ट्रियसभा सदस्य सुरेश आले मगरकाे आपत्ति
काठमाडाैँ - राष्ट्रियसभा सदस्य सुरेश आले मगरले गठबन्धनका सम्बन्धमा अनावश्यक टिप्पणी गरिएको भन्दै आपत्ति जनाएका छन् ।
राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा उनले राष्ट्रिय आवश्यकताका आधारमा सत्ता समीकरण परिवर्तन गर्दा प्रधानमन्त्रीलाई पल्टुराम भनेको भन्दै आपत्ति जनाएका हुन् । उनले मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउने कामलाई सहजता दिनका लागि प्रधानमन्त्रीले सत्ता गठबन्धन परिवर्तन गरेको भन्दै यसलाई सामान्य राजनीतिक प्रक्रिया ठान्नुपर्ने बताए ।
उनले आगामी आर्थिक वर्षको बजेटमा यसअघि ध्यान नदिइएको क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए । पूँजीगत बजेट खर्च गर्न नसक्नुको पछाडि सचेत र इमान्दार प्रयत्न नभएकाले यसमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।
त्यस्तै राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले मुलुकको हितका लागि सत्तापक्ष र प्रतिपक्ष नभनीकन राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताइन् । उनले अर्थतन्त्र समस्यामा रहेको विषयलाई सरकार र सरोकारवाला दुवैले स्वीकार गरेको अवस्थालाई ख्याल गर्दै आन्तरिक तथा बाह्य कारणको खोजी गर्नुपर्नेमा जोड दिइन् ।
त्यस्तै झक्कुप्रसाद सुवेदीले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री हुन नपाउने व्यवस्थाका कारण राष्ट्रियसभा र प्रतिनिधिसभाका बीचमा विभेद हुन पुगेको बताए । सरकार बनाउने र हटाउने अधिकार प्रतिनिधिसभालाई मात्रै रहेका कारणले पनि दुई सदनका बीचमा विभेदमा परेको उनको भनाइ छ ।
त्यस्तै अर्का सदस्य जितजङ्ग बस्नेतले नयाँ शैक्षिक सत्र लाग्ने बित्तिकै विद्यार्थी र अभिभावकलाई विद्यालयहरूले ज्यादती गर्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए । निजी क्षेत्रबाट सञ्चालित विद्यालयले अभिभावक र विद्यार्थीलाई चर्को मारमा पारेका भएपनि अनुमगनमा ध्यान नदिएको उनले बताए ।
त्यस्तै अन्य सदस्यहरूले राष्ट्रियसभा सदस्यहरूको भूमिकालाई थप प्रभावकारी र व्यवस्थित गर्नुपर्नेमा जोड दिएका थिए ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया