अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५
काठमाडौं - नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।
नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ३७५ रूपैयाँ तोकिएको छ । त्यस्तै, ठूलो अण्डा प्रति क्रेटको मूल्य ३९० रूपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ४०५ रूपैयाँ कायम गरिएको छ ।
संघले नयाँ समर्थन मूल्य जारी गर्दै त्यसैअनुरूप कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ । इटहरी, धनगढी र काठमाडौंमा यही चैत १९ देखि २१ सम्म भएको संघको व्यवसायी भेलाले अण्डाको समर्थन बिक्री मूल्य तय गरेको हो ।
भौतिक र भर्चुअल रूपमा भएको बैठकमा अण्डाको उत्पादन र बजार अवस्थाका बारेमा गम्भीर रूपमा छलफल भएको संघले जनाएको छ ।

कृषकलाई अनुदानमा मौरी घार वितरण

गड्यौला मल बनाउने तालिमपछि जैविक तरकारी फलाउने प्रतिबद्धता

रोपाइँका लागि कमला नहरमा पानी प्रवाह

धानखेतीको तालिका बदलिँदैः अब जेठमै पाक्छ धान

म्याग्दीको टिकोट तरकारी पकेट क्षेत्र

किसानलाई चैते धान थन्क्याउने चटारो

श्रीलङ्का टापुका किसानलाई अनुदानमा कृषिउपकरण

प्रतिक्रिया