शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

संसदमा केसीले भनेः बञ्चरेडाँडा ल्याण्डफिल साइड प्रभावितसँग गरिएको सम्झौता कार्यान्वयन गर्नू

तस्विरः फाइल फोटो

काठमाडौँ- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बञ्चरेडाँडा ल्याण्डफिल साइड प्रभावितसँग गरिएको सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद केसीले बञ्चरेडाँडा ल्याण्डफिल साइड प्रभावितहरूसँग सरकारले पटक–पटक सम्झौता गरे पनि कार्यान्वयन नगरेको भन्दै सम्झौता कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्। 

उनले बञ्चरेडाँडा ल्याण्डफिल साइड प्रभावित क्षेत्र सरोकार समितिले काठमाडौँ उपत्यकाको फोहोर डम्पिङ साइट बञ्चरेडाँडाँमा राख्न नदिने निर्णय गरिसकेको उल्लेख गर्दै सरोकार समितिसँग यथा शिघ्र वार्ता गरी समस्या समाधान गर्न आग्रह गरे ।