सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन चैत्र २८ गते हुने

फाइल फाेटाे

काठमाडौँ - राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन आगामी चैत्र २८ गते हुने भएको छ । 

संघीय संसद सचिवालयले चैत्र २८ गते अपरान्ह १: १५ बजेदेखि बस्ने बैठकमा उपाध्यक्षको निर्वाचन हुने कार्यसूची सार्वजनिक गरेको हो । 

यसअघि गत चैत्र १५ गते तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि खाली रहेको छ ।