टेस्लाको विद्युतीय कारको वितरणमा गिरावट
काठमाडौँ- एलन मस्कको विद्युतीय कार टेस्लाको वितरणमा गिरावट आएको छ । सन् २०२४ को पहिलो तीन महिनामा टेस्लाको विद्युतीय कारको वितरण घटेको बीबीसीले जनाएको छ ।
विद्युतीय गाडी निर्माता टेस्लाले आफ्नो युरोपेली कारखानामा आगलागी, विश्वव्यापी ढुवानी अवरोध र अन्य चुनौतिहरूको सामना गर्दा वितरण वर्षको पहिलो तीन महिनामा तीव्र रूपमा घटेको हो ।
टेस्लाले तीन महिनामा केवल ३ लाख ८७ हजार विद्युतीय कारमात्र ग्राहकलाई हस्तान्तरण गर्न सकेको हो जुन त्रैमासिक हिसाबमा एक वर्षकै कम हो । साथै वार्षिक हिसाबमा ८ प्रतिशतले गिरावट हो ।
यससँगै टेस्लाको शेयर मूल्य ४ प्रतिशतले घटेको छ ।
बीबीसीले जनाएअनुसार त्रैमासिक रुपमा सन् २०२० पछि पहिलोपटक टेस्लाको वितरणमा गिरावट आएको हो । साथै टेस्लाको विद्युतीय कारको वितरण सन् २०२२ पछिकै न्यून रहेको बीबीसीले जनाएको छ ।

इरानको सुरक्षा व्यवस्थामा नयाँ सुधारः ‘रक्षा परिषद्’ गठन हुने सम्भावना

गाजावासीलाई नगद सहायता दिइए पनि बजारमा खाद्यान्न अभाव : संयुक्त राष्ट्रसंघ

जापानको बेरोजगारी दर २.५ प्रतिशतमै स्थिर

नाइजेरियामा जिहादी आक्रमण : १५ किसान र बालबालिकाको हत्या

गाजामा मानवीय संकट चरममा : संयुक्त राष्ट्रसंघ

इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनीमाथि प्रतिबन्ध

प्रतिक्रिया