ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी

काठमाडौँ- बुधबार बिहान ताइवानको राजधानी ताइपेमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु हुआलियन सहरबाट करिब १८ किलोमिटर (११ माइल) दक्षिणमा रहेको सीएनएनले उल्लेख गरेको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि ६.५ म्याग्निच्युडको परकम्प गएको छ । भूकम्पपछि केही स्थानमा विद्युत आपूर्ति बन्द भएको छ ।
बीबीसीका अनुसार ताइवानमा शक्तिशाली भूकम्पपछि छिमेकी देश जापानमा मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिएको छ ।
मियाकोजिमा र ओकिनावा टापुहरूमा ३ मिटर (लगभग १० फिट) अग्लो छालहरूको चेतावनी दिएको छ ।
त्यस्तै ताइवानको केन्द्रीय मौसम प्रशासनले भूकम्पपछि सुनामीको चेतावनी जारी गरेको छ ।
थप विवरण आउन बाँकी छ ।

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

प्रतिक्रिया