विश्वव्यापी मञ्च वेब समिट कतारमा प्रिक्सा टेक्नोलोजीजको कन्भरसेसनल एआई रिरि शोकेस

काठमाडौँ- प्रिक्सा टेक्नोलोजीजले आफ्नो कन्भरसेसनल एआई प्रडक्ट रिरि वेब समिट कतार २०२४ मा शोकेस गरेको छ । फेब्रुअरी २६ देखि २९ सम्म दोहामा आयोजना भएको विश्वव्यापी मञ्च वेब समिट कतारमा प्रिक्सा टेक्नोलोजीजले पनि रिरि प्रदर्शन गर्ने मौका पाएको हो ।
विश्वभरका इन्डष्ट्री लिडर, उद्मयी र इन्नोभेटरको बीचमा नेपाली एआई प्रडक्ट रिरि प्रदर्शन गर्न पाउनु गौरवको विषय भएको प्रिक्सा टेक्नोलोजीजजका निर्देशक अनिरूप घिमिरेले बताए ।
‘वेब समिट कतारमा नेपालमै बनेको एआई रिरि शोकेस गर्नु पाउनु नेपालको लागि गर्वको विषय हो,’ उनले भने, ‘यसले एआईको भविष्यलाई एउटा आकार दिन र एआई प्रविधिको सबैको पहुँचमा पुर्याउने प्रिक्साको प्रतिबद्धतामा थप हौसला मिलेको छ ।’
उक्त समिटमा रिरिलाई अवलोकनकर्ताको उत्साहजनक प्रतिक्रिया प्राप्त भएको थियो । समिटमा प्रिक्साबाट निर्देशक अनिरूप घिमिरे र मार्केटिङ प्रमुख राजन काफ्लेले प्रतिनिधित्व गरेका थिए ।
रिरि नयाँ पुस्ताको एउटा कन्भरसेसनल एआई हो । यसमा प्रयोग भएको नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ र मेसिन लर्निङ एल्गोरिदमले कठिन प्रश्नहरू बुझेर प्रतिक्रिया प्रदान गर्न सक्ने कम्पनीले जनाएको छ । रिरिले प्रयोगकर्ता अनुसार कुराकानीको शैली परिवर्तन गर्न सक्छ ।

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड

इनफिनिक्सले जीटि ३० प्रो ल्यायो

हाल ४५ बिलियनको चिपको व्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

प्रतिक्रिया