नेपाल टुरिज्म एक्सपोमा १६ भन्दा बढी देशका पर्यटन व्यवसायी भृकुटीमण्डपमा भेला हुने

काठमाडौँ- नेपाल टुरिज्म एक्सपो जेठ अन्तिममा हुने भएको छ । नेपालको पर्यटनलाई अन्तराष्ट्रिय बजारमा प्रवर्द्धन गर्न उद्देश्यले समिट इभेन्ट्स एण्डमार्केट्सको आयोजनामा जेठ ३२ र असार १ गते नेपाल टुरिज्म एक्सपो हुने भएको छ ।
यसअघि आयोजकले भृकुटीमण्डपमा जेठ १८ र १९ गते नेपाल टुरिज्म एक्सपोमा हुने तयारी गरेको थियो । भारतमा हुन गइरहेको निर्वाचनका कारण नेपाल टुरिज्म एक्सपोको समय सरेको हो ।
नेपाल इन्टरनेशनल टुरिज्म एक्स्पोले नेपालको समृद्ध प्राकृतिक र सांस्कृतिक सम्पदालाई हाइलाइट गर्दै विश्वपर्यटन समुदायभित्र अर्थपूर्ण सम्बन्ध र सहकार्यलाई प्रवर्द्धन गर्दै एउटा प्रमुखकार्यक्रम हुने लक्ष्य लिएको छ ।
एस्कपोमा २५० भन्दा बढी होस्ट गरिएका खरीदकर्ताहरू, एक हजार भन्दा बढि पाहुनाहरू र १३० भन्दा बढी प्रदर्शकहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
नेपाल, भारत, चीन, हङकङ, श्रीलंका, भुटान, बंगलादेश, माल्दिभ्स, भियतनाम, थाइल्याण्ड, इन्डोनेसिया, मलेसिया, दुबई, टर्की, फिलिपिन्स र अजरबैजान गरि १६ भन्दा बढी देशहरूका प्रदर्शकहरूको सहभागिता रहने समिटइभेन्ट्स एण्ड मार्केट्सका संस्थापक विष्णु पाण्डेले जानकारी दिए ।
एक्स्पोमा ट्राभल एजेन्सी, होटल, एयरलाइन्स, टुर अपरेटर लगायतका विभिन्न क्षेत्रका प्रदर्शकहरूको सहभागिता रहने पाण्डेले बताए । नेपाल पर्यटन बोर्ड प्रर्वद्धक तथा ह्याम्स अस्पताल हेल्थ पार्टनर, र सफट होलिडेज टान्सपोर्ट पार्टनरका रुपमा रहेका छन् ।
नाइट २०२४ ले नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय पर्यटन प्रदर्शनी बन्ने लक्ष्य राखेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन सरोकारवालाहरूलाई दुई दिने नेटवर्किङका लागि एकसाथ ल्याउने, नयाँ सहकार्यलाई बढावा दिने र दिगो साझेदारी स्थापना गर्ने लक्ष्य राखेको छ आयोजकले उल्लेख गरेको छ ।
एस्क्पोमा पर्यटनसँग सम्बन्धित विभिन्न विषयमा प्यानल छलफल हुने पनि बताइएको छ । व्यापारिक सम्पर्क बढाउन र नेपालको पर्यटन उद्योगलाई प्रवर्द्धन गर्नको लागि एक प्रमुख प्लेटफर्मको रूपमा यसलाई हेरिएको अर्का संस्थापक शिशिर खनालले बताए ।

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनमा वृद्धि
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_vWlqEt9FLr_ec9pqixly1kgom3ep2pjtrnfptdza4bnvbibnyn3jpwdihb0cwcohw3fjvyo_bsHVOqRRnI_n6xegkogtx2wdbmmc8jethyg8exid1cgpgdrrboptss1yv9zfc4ze15hprgo_mSTxVGeqDv_y8gpqmkdh8vjgulqnbhqchqj03mhmipvaw5wluibfxbxuruoa5ae6zadcgdt_Tm84BaKcQ6_kqfpgdw485r4ygbmaewcakbtediiegbbryirgpiolfzclzr817nqqfmogb1w.jpg)
कञ्चनजङ्घा पदमार्गको पुल बाढीले बगायो

ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना

शुक्लाफाँटा निकुञ्जमा सफारी बन्द

ढाक्मरका राताम्मे पहाड र गुफाले पर्यटक लोभ्याउँदै

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

प्रतिक्रिया