नाइजेरियामा प्रर्दशन जारी, सेना तयारी अवस्थामा

लागोस : पछिल्लो दश दिन भन्दा बढी देखि नाइजेरियामा सरकारविरुद्द प्रर्दशन भइरहेको छ । त्यसकै शिलशिला बिहिबार पनि जारी रह्यो । सयौ संख्यामा प्रर्दशनकारी नाइजेरियाको संसद अगाडी जम्मा भए ।
बिहिबारको प्रर्दशन भन्दा केही घण्टा अगाडी नाइजेरियाको सैन्य नेतृत्वले मुख खोल्यो । आवश्यक परेको खण्डमा आफु अगाडी आउन तयार रहेको उसको सन्देश थियो ।
नाजेरियन सरकारले कोरोनाको संक्रमण रोक्न भन्दै राजधानी अबुजामा प्रर्दशन गर्नलाई निषेध गरेको छ । तर प्रर्दशनकारीले त्यसको उल्लघंन गरे । नाइजेरियाको ब्यापारिक शहर लागोसमा पनि प्रर्दशन जारी नै छ । जहाँ प्रर्दशनकारीहरुको हतियार बोकेका अपरिचित मानिसहरुको जत्थासँग झडप भयो । सामाजिक सञ्जालहरुमा भाइरल भएका भिडियोहरुमा हतियारधारी जत्थाले प्रर्दशनकारीहरुलाई लखेटिरहेको देखिन्छ । तर त्यस्ता भिडियोहरुको स्वतन्त्र पुष्टी हुन भने सकेको छैन ।
‘हामीले अत्याधिक पिडा भोगेका छौ । अब हामी सहदैनौ । नाइजेरियाको सम्पुर्ण युवा सरकार र प्रहरीको क्रुरताविरुद्वमा एकजुट छ,’ ओबिना पौल नाम गरेका एक प्रर्दशनकारीले रोयर्टससँग भने ।
लागोस राज्यका गर्भनर बाबाजिडे सान्वो ओलुले प्रर्दशनकारीमाथि हतियारधारी जत्थाको आक्रमणको निन्दा गरेका छन् । उनले टुइट गर्दै भनेका छन्, हतियारधारी समूहको प्रर्दशनकारी माथिको आक्रमण भनेको शहरमा क्रास फैलाउने मनसाय हो ।
यसैबिच लागोस राज्यले प्रहरी दमनबाट पिडित बनेका प्रर्दशनकारीहरुका लागि पाँच लाख पच्चिस हजार पाउन्ड बराबरको अक्षय कोषको घोषणा गरेको छ । नाइजेरियन सरकारले अरु राज्यका गर्भनरहरुलाई पनि सोही किसिमका कोषहरुको स्थापना गर्न निर्देशन दिएको राष्ट्रपति कार्यलयले जनाएको छ । राष्ट्रपति कार्यलयका प्रबक्ताले प्रहरी दमनको छानबिनका लागि सरकारले आयोग पनि बनाउने बताए ।
यता सेनाले विज्ञप्ती जारी गर्दै उ जुनसुकै बेलामा पनि शान्ति ब्यबस्था कायम गर्नका लागि सडकमा आउन तयार भएर बसेको जनाएको छ ।
नाइजेरियामा कयौ दिन देखि प्रहरीको स्पेसल एन्टी रोबरी युनिट (सार्स) ले गैर कानुनी हत्या, कुटपिट तथा पैसा असुली जारी राखेको भन्दै आन्दोलन गरिरहेका छन् । प्रर्दशनकारीहरुले प्रहरीको समग्र सुधारको आवश्यकता रहेको जनाउदै आएका छन् । उनीहरुको प्रर्दशनमा प्रहरीले दिनहु ब्यापक धरपकड र बल प्रयोग गर्ने गरेको छ । जसको विश्वब्यापी आलोचना भइरहेको छ ।
नाएजेरिया प्रहरी प्रमुखले सार्सको बिगठन गरेको घोषणा गरे पनि प्रर्दशन रोकिएको छैन । एम्नेस्टी इन्टरन्यासनलका अनुसार अहिले सम्म दश नाइजेरियन प्रर्दशनकारीको मृत्य भइसकेको छ । (रोयटर्स)

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

अष्ट्रेलिया नेपाली कम्युनिटीको (अर्बन) अध्यक्षमा इटहरीका अरूणचन्द्र श्रेष्ठ निर्वाच…

भारतीयको रोजाइमा सिन्की, नेपाली हस्तकला र विजयसालका भाँडा

प्रतिक्रिया