लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो 'हुन्डाई नयाँ बर्ष, नयाँ हर्ष २०८१' योजना

काठमाडौँ - हुन्डाई अटोमोवाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै “हुन्डाई नयाँ बर्ष, नयाँ हर्ष २०८१” योजना ग्राहकहरु माझ ल्याएको छ ।
यो ग्राहकमुखी योजना यही चैत्र १९, २०८० देखि नेपाल भरि सुरु भएको छ । आफ्नो ग्राहकहरूको यात्रा खास बनाउन यसपालि हुन्डाईले तीन गुणां नगद छुटको आकर्षक अफर ल्याएको छ ।
“हुन्डाई नयाँ बर्ष, नयाँ हर्ष २०८१” अन्तर्गत ग्राहकहरूले कुनै पनि हुन्डाई गाडीको खरिदमा ६ लाख सम्मको आकर्षक नगद छुट, र १० लाखसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्ने छन् । यो योजनामा ग्राहकहरूले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन् ।
आफ्ना ग्राहकहरूका सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरू सार्वजनिक गर्दै आइरहेको छ र यही क्रममा “हुन्डाई नयाँ बर्ष, नयाँ हर्ष २०८१” योजना अन्तर्गत ग्राहक महानुभावहरूले स्क्य्राचको तीन गुणा सम्म नगद छुट प्राप्त गर्न सक्नुहुनेछ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरूको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहक मुखी अफर ल्याइरहेको छ । सबै हुन्डाई गाडीहरूमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्ग र इभी गाडीको ब्याट्री मा ८ वर्ष र मोटरमा २ वर्ष वारेन्टी उपलब्ध हुनेछन् । यस स्किमबाट हुन्डाईको कुनै पनि
Hatchback, Compact SUV, SUV तथा इभी गाडी खरिद गरि फाइदा लिन सकिनेछ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा लि ले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु र ४५ं चारजिङ पोइन्टहरु मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाइका उत्कृष्ट उत्पादनहरूले नेपाल भरि धेरै ग्राहकहरूको मन तथा विश्वास जित्न सफल भएको छ ।
_U0mZtDLcVW_bfmnatdlv7or8aih20ud1lkhhgstgkh6k0w8cvggbfdfccxv2yw58wrlvlk7_fWyXfL1GcQ_ict3odqaly2ytdzllel5w2qn4tjyawyqwcu1uwsxun64fvybfrjicax5cvdp.jpg)
बीवाईडी सिगलले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इय' अवार्ड

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक, कति छ मूल्य ?

बीवाईडी ईभीको ब्याट्री, मोटर र पार्ट्सलगायत समग्र गाडीमा थपियो वारेन्टी

बहुप्रतीक्षित 'यामाहा ब्लु फेस्ट' भोलिदेखि भृकुटीमण्डपमा आयोजना हुँदै

एमएडब्ल्यू वृद्धिले चितवनमा सबैभन्दा ठूलो ईभी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु

साइमेक्स इंक बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्…

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

प्रतिक्रिया