‘१४ वटा परम्परागत व्यापार सीमा नाकाहरू यथाशीघ्र खोल्न चीन तयार’

काठमाडौँ - उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू यथाशीघ्र खोल्न चीन तयार भएको जानकारी दिएका छन् ।
जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण पूरा गरि सोमबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री श्रेष्ठले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै रसुवागढी–केरुङ, तातोपानी–झाङ्मु लगायतका नाकाहरू सञ्चालनमा आइसकेको भन्दै अन्य १४ वटा नाका खोल्न चीन तयार भएको जानकारी दिएका हुन् ।
नेपाल चीनबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयामहरूमा नियमित रुपमा उच्चस्तरमा छलफल गर्न नेपाल र चीनका परराष्ट्रमन्त्रीस्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएको उनले बताए ।
त्यस्तै उनले विआरआइलाई अन्तिम रुप दिइ कार्यान्वयन गर्ने विषयमा छलफल भएको जानकारी दिए । नेपालको काठमाडौं र चीनको ल्हासाबीच सिधा बससेवा पुन सञ्चालन गर्न दुवै पक्ष सकारात्मक भएको उनको भनाइ छ ।
मन्त्री श्रेष्ठले आफ्नो भ्रमण दुई देशबीचको सम्बन्ध बलियो बनाउन महत्वपूर्ण भएको र विदेशी लगानी भित्र्याउने विषयमा छलफल केन्द्रित भएको जिकिर गरे ।
चीनका परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा यही चैत ११ देखि १९ गतेसम्म नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानन्त्री श्रेष्ठ चीनतर्फ गएका थिए ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया