चेन्नईलाई हराउँदै दिल्ली क्यापिटल्सले निकाल्यो पहिलो जित

काठमाडौँ- जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले पहिलो जित हासिल गरेको छ ।
गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले पञ्जाव किंग्सलाई २० रनले पराजित गरेको हो ।
दिल्ली क्यापिटल्सले दिएको १९२ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन मात्र बनाएको थियो ।
चेन्नईका लागि आजिख्य रहानेले सर्वाधिक ४५ र महेन्द्र सिंह धोनीले अविजित ३७ रन बनाएका थिए । त्यसै गरि डार्यल मिचेलले ३४, रविन्द्र जेडेजाले अविजित २१ रन बनाएका थिए । त्यसैगरी दिल्लीका बलर मुकेश कुमारले सर्बाधिक ३ विकेट लिए भने खलिल अहमदले २ तथा अक्सर पटेलले एक विकेट लिए ।
यस अघि टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनाएको थियो । दिल्लीका लागि डेभिड वार्नरले ५२ र ऋषव पन्तले ५१ रन बनाएका थिए । त्यस्तै पृथ्वी शाहले ४३ र मिचेल मार्शले १८ रन बनाएका थिए ।
यो यस सिजनमा दिल्ली क्यापिटल्सको तेस्रो खेलमा पहिलो जित हो । दिल्लीले यस सिजनका शुरुवाती दुवै खेलमा हार ब्यहोरेको थियो । त्यस्तै शुरुका दुवै खेल जितेर शानदार जित हासिल गरको चेन्नईले भने तेस्रो खेलमा हार ब्यहोरेको छ ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया