प्रभु बैंकको सहकार्यमा बागलुङ नगरपालिकाद्वारा 'नगरकी छोरी' कार्यक्रम शुभारम्भ

काठमाडौँ- छोरीहरूले भोग्नु परेको सामाजिक विभेदको अन्त्य, बाल विवाहको उन्मुलन तथा छोरीहरूलाई सामाजिक एवं आर्गिक रूपमा विशेष संरक्षण प्रदान गर्ने गरी छोरीहरूलाई शिक्षित र स्वावलम्बन बनाउने प्रमुख लक्ष्यका साथ प्रभु बैंक लिमिटेडसँगको सहकार्यमा बागलुङ नगरपालिकाको विशेष योजना अन्तर्गत 'नगरकी छोरी' कार्यक्रम आजबाट शुभारम्भ भएको छ ।
बागलुङ नगरपालिकाको तर्फबाट प्रशासकीय अधिकृत हरिदत्त कँडेल र प्रभु बैंकका तर्फबाट बागलुङ शाखा प्रबन्धक सामर्थ उप्रेतीले 'नगरकी छोरी' कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । बागलुङ नगरपालिका वडा नं. २ की अदीती क्षेत्रीको नाममा एक मुद्दती खाता खोली 'नगरकी छोरी' कार्यक्रमको शुभारम्भ गरिएको हो ।
'नगरकी छोरी' कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता बमोजिम २०८० आषाढ १ गते पश्चात् बागलुङ नगरपालिकाको क्षेत्रभित्र जन्मिएका प्रत्येक छोरीको नाममा २० वर्षको अवधिका लागि एक मुद्दती खाता खोलिने छ । बागलुङ नगरपालिकाको सिफारिसका आधारमा प्रभु बैंकको शाखा कार्यालयमा खोलिने उक्त मुद्दती खातामा बागलुङ नगरपालिकाको तर्फबाट एकमुस्ट पाँच हजार रुपैयाँ जम्मा गरिनेछ र प्रभु बैंकले मुद्दती खातामा प्रदान गर्ने प्रकाशित ब्याजदरको उच्चतम ब्याजदर प्रदान गर्नेछ ।
यसरी खाता खोलिएका छोरीको खातामा अभिभावकहरूले इच्छा अनुसार थप रकम जम्मा गर्न पाउने छन् र २० वर्षको अवधि समाप्त भएपश्चात् सम्बन्धित व्यक्ति/छोरीले उक्त खातामा जम्मा भएको रकम झिक्न पाउने कार्यविधि बनाई सञ्चालनमा ल्याइएको हो ।
प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकाद्वारा आजबाट शुभारम्भ गरिएको 'नगरकी छोरी' कार्यक्रमबाट बागलुङ नगरपालिका क्षेत्रभित्रका छोरीहरूको सामाजिक सम्मान तथा आर्थिक संरक्षण भई छोरीहरूलाई हौसला बढ्ने, विभेद हट्ने एवं बागलुङ नगरपालिकाको लक्ष्य प्राप्ति हुने बैंकले विश्वास लिएको छ ।

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

प्रतिक्रिया