शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

गलत कार्य गर्नेलाई कारबाही गर्न कडा रूपमा निर्देशन दिएको छु : गृहमन्त्री लामिछाने

फाइल तस्बिर

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गलत कार्य गर्नेलाई कारबाही गर्न कडा रूपमा निर्देशन दिएको बताएका छन् ।

आइतबार सिंहदरबारमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसंगको छलफलका क्रममा लामिछानेले समाजमा हुने आपराधिक क्रियाकलापलाई नियन्त्रणमा राख्न गलत कार्य गर्नेलाई कारबाही गर्न कडा रूपमा निर्देशन दिएको बताएका हुन् । उनले लागूऔषध नियन्त्रण गर्न देशभरमा नै संयुक्त अभियान चलाउनुपर्नेमा जोड दिए ।

छलफलमा साम्पाङले विभिन्न विषयमा सहकार्यका साथ अघि बढ्नुपर्ने धारणा राखेका थिए ।