वीरगन्जमा अवैध कल सेन्टर सञ्चालन गर्ने दुई चिनियाँ नागरिक पक्राउ

वीरगन्ज- वीरगन्जमा कल सेन्टर सञ्चालन गरेर अवैध धन्दा गर्ने दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा पर्सा प्रहरीले शनिबार साँझ वीरगन्ज महानगरपालिकाकाे वडा नं. १५ लक्ष्मणवास्थित एक घरबाट छापा मारी अवैध धन्दा चलाउने चिनियाँ नागरिकहरूलाई नियन्त्रणमा लिएकाे हाे ।
कल सेन्टर सञ्चालन गरेर अवैध काराेबार सञ्चालन गर्ने दुई चिनियाँ नागरिकलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार बिक्रम थापाले बताए । साे घरबाट दर्जनाैं संख्यामा अवैध कम्प्युटर लगायतका इलेक्ट्रोनिक्सका सामानहरू समेत बरामद भएकाे बताउँदै डिएसपी थापाले थप अनुसन्धान भइरहेकाे जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमाेध ढुंगेलको नेतृत्वमा खटिएकाे प्रहरी टाेलीले साे घरमा छापा मारेकाे थियाे । प्रहरीका अनुसार चिनियाँ गिरोहले भाडामा घर लिएर कल सेन्टर सञ्चालन गरेर अवैध रूपमा काराेबार गर्दै आएका थिए ।
प्राप्त जानकारीअनुसार नन्दु राउत कुर्मीकाे घरमा दुई महिना पहिला हेटाैंडाकी एक महिलाले घर भाडामा लिएकी थिइन् । साेही घरमा चिनियाँ नागरिकले सञ्चालन गर्दै आएकाे अवैध धन्दाकाे गिरोहमा थप व्यक्ति पनि रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ गरेकाहरूकाे नाम अहिले खुलाएकाे छैन । भाेलि (आइतबार) पक्राउ परेका र बरामद भएका सामानहरूबारे विस्तृत रूपमा जानकारी गराइने पर्सा प्रहरी प्रवक्ता थापाले बताए ।

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

राशिफलमा यस्तो छ तपाईंको भाग्य

२१ वटा सामाजिक सञ्जालका एकाउन्टबाट ठगी गर्ने ७ जना पक्राउ

कतारबाट वैवाहिक जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

गणितको जादु : ‘अनम्याथ म्याथ टक’ कार्यक्रम हुने

सिड्स फर द फ्युचर, २०२५’को आवेदन खुला, उत्कृष्ट विद्यार्थी चिनमा हुने कार्यक्रमम…

वि. पी. स्मृति अस्पतालको फोहर रोक्का गरेर जरिवानाको पत्र : हानीकारक फोहर व्यव…

प्रतिक्रिया