निजगढ विष्फोटन : घटनामा दोषी देखिएका ५ जना धरौटीमा रिहा

बारा- जिल्ला अदालत बाराले निजगढ विष्फोटनको घटनामा दोषी देखिएका सबै जना धरौटीमा रिहा भएका छन् ।
अदालतले बम विष्फोटनमा दोषी देखिएका भनिएका कवाडी पसले निजगढ ९ का राज भनिने रमेश जयसवाल, धारापानीबाट सो विष्फोटक पदार्थ ट्रकमा राखेर ल्याउने ना ५ ख ९७२७ का ट्रक चालक निजगढ ९ नदीकट्टाका बासु लामा र सहचालक सोही ठाउँ बस्ने टिकाराम पाख्रिन शुक्रबार जनही १ लाख रुपैयाँँ धरौटीमा रिहा भएका हुन् ।
यसअघि गत बुधबार अदालतले सोही अभियोगमा पक्राउ परेका धनुषा धारापानीका कवाडी पसले शिवशंकर माली र सोही कवाड पसलमा कवाडको सामान संकलन गर्ने सर्लाहीका बिल्टु महतोलाई जनही १ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्ने निर्णय गरेको थियो ।
जिल्ला न्यायाधिवक्ता कैलाश खत्री क्षेत्रीका अनुसार निजगढ नगरपालिका-९ मा कवाडी सञ्चालन गरी बसेका भारत मोतिहारी घर भएका भारतीय नागरिक राज भनिने रमेशप्रसाद जयसवाल, कवाडीको सामान बोक्ने ना ५ ख ९७२७ ट्रक चालक निजगढ नगरपालिका-९ स्याक्तान टोलका ४२ वर्षीय बासु तामाङ्ग, सोही ठाउँका सहचालक २५ वर्षीय टीकाराम पाख्रिन, धनुषा गणेशमान चारनाथ नगरपालिका-२ स्थित न्यू शिव स्क्र्यापका सञ्चालक सर्लाही चक्रघट्टा गाउँपालिका-१ निवासी वर्षीय ४१ शिवशंकर साह, कवाडी संकलक सर्लाही ईश्वरपुर नगरपालिका-७ निवासी ४६ वर्षीय बिल्टु महतोलाई जनही १ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्ने निर्णय गरिएको थियो । उनीहरूलाई ज्यान मार्ने उद्योगमा मुर्दा दर्ता गरी ११ चैतमा बारा जिल्ला अदालतमा पेस गरिएको उनले बताए ।
ग्यारेजमा भएको विस्फोटमा परी तीनको मृत्यु भएको थियो भने तीन जना घाइते भएका छन् । कवाडी पसले रमेशले लगेको सो वस्तु काट्ने क्रममा गत फागुन १४ गते भएको विष्फोट भई निजगढ-७ स्थित रोहित वर्कसप सञ्चालक ४३ वर्षीय रेशम मगर, रौतहटको देवाहीगोनाही नगरपालिका वडा नम्बर ९ का २० वर्षीय रिपु रजक धोबी र भारतीय नागरिक राकेश जयसवालको ज्यान गएको थियो । त्यसैगरी घटनामा भारतीय नागरिक अरबिन्द्र साह, निजगढ-५ का रामबहादुर थापा र वीरगन्ज महानगरपालिका-९ का फिरोज देवान घाइते भएका थिए ।
प्रहरीले करिब २३ दिनको अनुसन्धानपछि घटनाका आरोपिहरूलाई जिल्ला अदालत बारामा पेस गरेको छ । उनीहरूलाई प्रहरीले ९ चैतमा जिल्ला सरकारी वकील कार्यालय बारामा बुझाएको थियो ।
यता विस्फोट भएको उक्त वस्तु हेर्दा बमजस्तै देखिन्छ प्रोजोक्टाइल हो वा अन्य विस्फोटक भन्नेबारेमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको रिपोर्ट कुरेर बसेको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।
सैनिकले प्रयोग गर्ने भनिएको उक्त विष्फोटक पदार्थ कहाँबाट बाहिरिएको हो भन्ने बारेमा भने प्रहरी अनुसन्धानबाट पनि खुल्न सकेको छैन । प्रहरीका अनुसार मालीको कवाडी पसलमा सामान संकलनको काम गर्ने महतोले गाउँकै एक जना बालकले बेवारिसे अवस्थामा फेला पारेर उनलाई बेचेको बताइएको छ ।
घटनामा मृतक परिवारका आफन्तले भने अहिलेसम्म कुनै क्षतिपूर्ति नपाएको गुनासो गर्दै आएका छन् ।
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_V9V6bdjp2K_milzdcojyiyq8fjpzfo4qinwiwrfrle4nis9omkr2zylarwhp8p2bwgwlsq6.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_TfQJiIanYJ_azdeg19gtphmonmxqs5tugxvimj0cftiedhpj7kqhuaegueinmmwzxot9xhp.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

राशिफलमा यस्तो छ तपाईंको भाग्य

२१ वटा सामाजिक सञ्जालका एकाउन्टबाट ठगी गर्ने ७ जना पक्राउ

कतारबाट वैवाहिक जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

प्रतिक्रिया