नेपाल 'ए' र आयरल्याण्ड उल्भ्सको दोस्रो खेल आज

काठमाडौँ- नेपाल 'ए' र आयरल्याण्ड उल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुँदैछ । टियु मैदानमा हुने यो खेल दिउँसो १ बजेदेखि शुरु हुने छ ।
शुक्रबार भएको सिरिजको पहिलो खेलमा आयरल्याण्ड उल्भ्सले नेपाल 'ए'लाई २१ रनले पराजित गरेको थियो ।
यसअघि बिहीबार हुने तालिका भएपनि वर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार शुक्रबार पहिलो खेल भएको थियो ।
नयाँ तालिकाअनुसार अब नेपाल 'ए' आयरल्याण्ड उल्भ्ससँग आज दोस्रो र अप्रिल १ मा तेस्रो टी-२० खेल खेल्ने छ । त्यसैगरी अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।
टी-२० सिरिज खेल्ने नेपाली ए टिम :
विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ती, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया