माओवादी केन्द्रसँग एकताको बहस चलिरहेको छ : विप्लव

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले माओवादी केन्द्रसँग एकताको बहस चलिरहेको बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले पार्टीले सबै कम्युनिष्टसँग एकता लागि प्रयास गरिरहेको र माओवादी केन्द्रसँग पनि एकताको बहस भइरहेको जानकारी दिए । उनले दुईतिहाई बढी जनताले स्वीकार गरेको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरेर मुलुकको समाजवादी विकासमा अघि बढ्नुपर्ने धारणा राखे ।
विप्लवले समाजवादीमा मोर्चाभित्र पनि कम्युनिष्टहरूलाई एकपटक जनताप्रति फर्काउनुपर्छ भन्नेमा एकमत रहेको जिकिर गरे। त्यस्तै उनले मुलुकको परिवर्तनमा योगदान गरेको जनयुद्धलाई अवमूल्यन गर्ने काम भएको भन्दै सत्य कुरालाई ढाकछोप गरेर जनतालाई भ्रमित गर्ने कामलाई संयमतापूर्वक चुनौती दिनुपर्ने बताए ।
उनले जनयुद्धमा सहभागी दलहरू एक भएर अहिलेको अवस्थाका बारेमा समीक्षा गर्ने बेला आएको समेत बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया