बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

गाजामा निर्वाध सहायता अनुमति दिन अन्तर्राष्ट्रिय अदालतको आदेश

फाइल तस्बिर

दी हेग - नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले बिहीबार इजरायललाई गाजापट्टीमा रहेका प्यालेस्टिनीका लागि आधारभूत मानवीय सहायता सुनिश्चित गर्न आदेश दिएको छ ।

इजरायलले संयुक्तराष्ट्र संघसँगको सहयोगमा तत्काल आवश्यक आधारभूत सेवाहरू र मानवीय सहायताका लागि सम्बन्धित पक्षद्वारा व्यापक रूपमा निर्बाध प्रावधान सुनिश्चित गर्न ढिलाइ नगरी प्रभावकारी उपायहरू अपनाउनु  पर्ने आईसीजेले फैसलामा उल्लेख गरेको छ ।  

यस सहायतामा खाद्यान्न, पानी, बिजुली, इन्धन, आश्रय, कपडा, स्वच्छता र सरसफाइ आवश्यकताहरूका साथै  चिकित्सा सेवा समावेश छ । फैसलामा गाजाबाट सीमापार आवातजावत गर्ने स्थानको क्षमता र संख्या बढाइ आवश्यकताका आधारमा खुला राख्नुपर्ने जनाइएको छ  । 

आइसीजेले यसअघि जनवरी २६ मा दिएको फैसलामा पनि इजरायललाई गाजापट्टीमा प्यालेस्टिनीहरू विरुद्धको नरसंहार रोक्न, प्यालेस्टिनी विरुद्धका उक्साहट रोक्न, प्रमाणहरू सुरक्षित गर्न र मानवीय सहायता सम्बन्धमा तत्काल कदम चाल्न आदेश दिएको छ ।

सन् २०२३ डिसेम्बर २९ मा दक्षिण अफ्रिकाले गाजापट्टीमा प्यालेस्टिनीहरू विरुद्ध गम्भीर मानवअधिकार उल्लंघन गरेको भन्दै इजरायल विरुद्ध कारबाहीको लागि आइसीजेमा मुद्दा दर्ता गरेको थियो ।

अदालतले गाजापट्टीमा प्यालेस्टिनीहरूको विनाशकारी जीवन अवस्था अझ बिग्रिएको अवस्थामा प्यालेस्टिनीहरूले खाद्यान्न र अन्य आधारभूत आवश्यकताको अभावलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो । 

पछिल्लो समय गाजामा प्यालेस्टिनीहरूले अनिकालको जोखिम मात्र सामना नगरि अनेकन मानवीय सङ्कटको सामना गर्न बाध्य भएको तथा आगामी दिनमा अझै धेरै कठिन स्थिति उत्पन्न हुन सक्ने आदेशमा उल्लेख गरिएको छ । 

इजरायलद्दारा गाजाको ७० प्रतिशत भु भाग ‘नो गो जोन’ घोषणा, २० लाख प्यालेस्टाइनी विस्थापित गराइने

इजरायलद्दारा गाजाको ७० प्रतिशत भु भाग ‘नो गो जोन’ घोषणा, २० लाख प्यालेस्टाइन…

जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथौं ठुलो अर्थतन्त्र, १० बर्षमा नै दोब्बर

जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथौं ठुलो अर्थतन्त्र, १० बर्षमा नै दोब्बर

भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु , तनाव चुलियो

भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु , तनाव चुलियो

नयाँ पोप चयनका लागि कार्डिनल सम्मेलन, दुई बिरामी भए पछि १३३ प्रतिनिधि सहभागी

नयाँ पोप चयनका लागि कार्डिनल सम्मेलन, दुई बिरामी भए पछि १३३ प्रतिनिधि सहभागी

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात बेपत्ता

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात बेपत्ता

अप्रिलमा पाकिस्तान र इरानबाट २ लाख ५० हजार बढी अफगानी शरणार्थीहरू घर फर्किए

अप्रिलमा पाकिस्तान र इरानबाट २ लाख ५० हजार बढी अफगानी शरणार्थीहरू घर फर्किए

ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश

ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश