प्रवासी नेपालीको पहलमा ‘अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी संघ’ गठन

काठमाडौं: कर्मथलो प्रवास बनाएका उत्साही, जँंगरिला र आ– आफ्नो क्षेत्रका दक्ष प्रवासी युवाहरू अब एउटै छानामुनि आवद्ध भएका छन् । विश्वभरी छरिएर रहेका युवा ब्यवसायीहरूले छाता संगठन ‘अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी संघ’ अर्थात् फेडेरेसन अफ इन्टरनेसनल नेपाली युथ इन्टरप्रेनियर्स (अफआइएनइ )गठन गरेका हुन् ।
अष्ट्रेलियाका व्यवसायी स्वतन्त्रप्रताप शाहले विश्वभरी रहेका नेपाली व्यवसायीबीच व्यवसायिक सम्बन्ध विस्तारका लागि संस्था गठन गरेको बताएका छन् । शाहले भने ‘ संघको मुख्य उद्देश्य विश्वभरी रहेका नेपाली युवा व्यवसायीबीच चिनजान, व्यवायसायिक सोचहरूको आदान प्रदान र युवा साथीहरूलाई व्यवसाय गर्ने हौसला र सहयोग प्रदान गर्नु हो ।’
शाहले संघले विदेशमा व्यवसाय गर्ने युवा साथीहरू नेपालमा व्यवसाय गर्ने युवासाथीबीच पुलको काम गर्ने जानकारी दिएका छन । उनले अगाडि भने ‘ क्षमता र प्रतिभा भएकालाई प्रोत्साहन गर्ने र कस्तो ब्यापार व्यवसायमा लगानी गर्दा राम्रो हुन्छ भन्ने जानकारी र सोचलाई पनि संघले मद्दत गर्नेछ ।’
कुनै देशमा रहेका प्रवासी नेपालीसँग व्यवसाय गर्ने सोच र पैसा हुन सक्छ तर उपाय नहुन सक्छ । नेपाल वा अर्को कुनै ठाउँमा भएको साथीसँग व्यवसायको उपाय र पैसा नहुन सक्छ । स्वदेश र विदेशमा रहनु हुने नेपालीहरूलाई एउटै थलोमा जोड्ने पूलको काम संघले गर्ने पनि शाहले बताए ।
यसैबीच संघसँग आबद्ध भएर यो सन्जालमा जोडिन चाहाने व्यवसायीहरूको संख्या बढ्न थालेको छ । संघमा अष्ट्रेलियाबाट स्वतन्त्रप्रताप शाह ,डिला खरेल, समिम अनबर, बिजय पल र एसी सुजन छन भने जापानबाट आशिष रावल, सुजन जोशी , अकेन्द्र थापा, श्याम खड्का, र रिहिन्द्र गिरी रहेका छन । यसैगरी संघमा अमेरिकाबाट प्रकाश थापा,अफ्रिकाबाट रोशन थापा, चाइनाबाट प्रदीप न्यौपाने, ओम ज्ञवाली, बेलायतबाट मनिषा डंगोल श्रेष्ठ र मिडिलइस्टबाट कुमार कार्की जोडिएका छन् ।

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

प्रतिक्रिया