बिहीबार २९ जेठ, २०८२
Thursday, June 12, 2025

हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सचिव बढुवा सिफारिस समितिले सिफारिस गरेका तीन नाममध्ये लम्साल बढुवामा परेका हुन् । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव डा लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवाका लागि लम्सालसँगै केदारनाथ शर्मा र लोकनाथ पौडेलको नाम सिफारिस भएको थियो । 

डा लम्साल सुदूरपश्चिम प्रदेशको कायम मुकायम(कामु) प्रदेश प्रमुख सचिवका रूपमा कार्यरत रहेका थिए ।