अनेरास्ववियुबाट रक्षा बमलाई निलम्बन

धनगढी- धनगढी घर भएकी रक्षा बमलाई अनेरास्ववियुबाट निलम्बन गरिएको छ ।
आपराधिक लाभ लिएको अभियोगमा प्रहरी हिरासतमा रहेकी संगठनको स्थायी कमिटी सदस्य बमलाई अनेरास्ववियुले निलम्बन गरेको हो । संगठनका अध्यक्ष समिक बडालले उनलाई निलम्बन गरिएको विज्ञप्तिमार्फत् जानकारी दिएका हुन् । ‘अनेरास्ववियु स्थायी कमिटी सदस्य रक्षा बम उपर परेको उजुरीमा प्रहरी अनुसन्धान भइरहेको भन्ने समाचार प्रकाशित भएकोमा उक्त प्रक्रियामा निष्पक्ष अनुसन्धानको गर्न नेपाल प्रहरी समक्ष जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूमाथि उजुरी परेकै आधारमा निजी जीवनमाथि आक्रमण गर्ने र उनको चरित्र हत्या गर्ने कार्य भइरहेका प्रति संगठनको ध्यानाकर्षण भएका विज्ञप्तिमा उल्लेख छ । ‘अनेरास्ववियु कानुनी राज्यको वकालत गर्ने संगठन भएको हुनाले प्रहरी अनुसन्धानमा संगठनको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं,' विज्ञप्तिमा भनिएको छ ।
यो प्रक्रिया अवधिभर रक्षा बमलाई संगठनको जिम्मेवारीबाट निलम्बन गरिएको उनले बताए । बमलाई आपराधिक लाभ लिएको उजुरीको आधारमा मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया