एक वर्षमा देशभर ५९ हजार ६१ उजुरी, सबैभन्दा धेरै काठमाडौँ उपत्यकामा

काठमाडौँ- नेपाल प्रहरीले पछिल्लो एक वर्षमा देशभर ५९ हजार ६१ उजुरी परेको जनाएको छ ।
पछिल्लो एक वर्षमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरूका बारेमा जानकारी दिन बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले १ वर्षको अवधिमा ५९ हजारभन्दा धेरै उजुरी परेको जानकारी दिएका हुन् । सबैभन्दा धेरै काठमाडौँ उपत्यकामा १७ हजार ३ सय ९७ मुद्दा र सबैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ९ सय ६५ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
दर्ता भएका उजुरीमध्ये सबैभन्दा बढी बैंकिङ कसुर मुद्दामा १३ हजार २ सय ७७ उजुरी दर्ता भएको प्रवक्ता ढकालले बताए । सोही अवधिमा १३ हजार १ सय २२ जना फरार अपराधीहरूलाई नियन्त्रणमा लिई सजायको लागि सम्बन्धित अदालतमा पेस गरिएको उनले जानकारी दिए ।
त्यस्तै नेपालमा अपराध गरि विदेश गई लुकेका १३ जना फरार अपराधीहरूलाई इन्टरपोलमार्फत पक्राउ गरी नेपाल ल्याइएको र १२ जनालाई रेडकर्नर नोटिस र एक जनालाई डिफ्युजन नोटिस जारी गरिएको प्रहरीले जनाएको छ । त्यस्तै राजस्व संकलनतर्फ ६ अर्ब ६३ करोड ३९ लाख ३२ हजार १ सय ७८ रुपैयाँ जम्मा भएको प्रहरी प्रवक्ता ढकालले बताए ।
नेपाल प्रहरीमा हाल ७९ हजार ५ सय ४१ मध्ये ७६ हजार २ सय ५२ जनशक्ति कार्यरत रहेका छन् ।

मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा

चट्याङ लागेर बालकको मृत्यु

वडा कार्यालयका लागि निःशुल्क जग्गा प्रदान

गोली चलाएर अभियुक्त नियन्त्रणमा

‘सिआइबी वस्तुनिष्ठ अनुसन्धानमा थप क्रियाशील हुनुपर्छ’

सवारी र्दुघटनामा एक जनाको मृत्यु, अबरुद्ध महेन्द्र राजमार्ग सञ्चालन

कैलालीका १८ स्थानमा जलमापन केन्द्र

प्रतिक्रिया