अमेरिकामा छुरा प्रहार, चार जनाको मृत्यु

अमेरिका -संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार गर्दा चार जनाको मृत्यु भएको छ भने अरु सात जना घाइते भएका छन् ।
प्रहरीले उक्त घटनामा शंकास्पद आरोपी एक २२ वर्षीय युवकलाई पक्राउ गरेको रकफोर्ड प्रहरी प्रमुख कार्ला रेडले बताएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
कार्लाका अनुसार राति १ बजेतिर घटनास्थलबाट सहयोगका लागि प्रहरीमा खबर आएको जानकारी दिए ।
प्रहरीका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चौथो व्यक्तिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु हुनेमा १५ वर्षीया एक किशोरी, ६३ वर्षीया महिला, ४९ वर्षीय व्यक्ति र २२ वर्षीय युवा रहेका छन् । उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
कार्लाका अनुसार घटनाका बारेमा विस्तृत विवरण प्राप्त गर्न पीडितका घर आसपास राखिएका सिसिटिभी क्यामेरा दुरुस्त राख्न अनुरोध गरिएको छ ।
रकफोर्डको जनसंख्या करिब एकलाख ५० हजार रहेको र यो स्थान सिकागो शहरबाट करिब १४५ किलोमिटर टाढा रहेको छ ।
रकफोर्डस्थित वाल्मार्ट सपिङ मलमा कार्यरत एक युवाको वाल्मार्टभित्रै बुधबार हत्या भएपछि यस्तो घटना भएको प्रहरीको भनाई छ । रासस

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

विश्व स्वास्थ्य सङ्गठनद्वारा गाजामा विनाशकारी अवस्थाको चेतावनी

जापानको बेरोजगार दर २.५ प्रतिशत

प्रतिक्रिया