सिंहलाई रोजगारीको अवसर मिल्ने, मकरलाई जागिरमा पदोन्नतिको योग

काठमाडौँ- आज २०८० चैत १५ गते बिहीबार ।
मेष
रमाइलो यात्राको योग रहेको छ । रमाइलो भेटघाटमा मन रमाउनेछ । प्रेममा सफलता मिल्नेछ । धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन् ।
वृष
सानै प्रयाशले काममा सफलता मिल्नेछ । प्रयासहरू सकारात्मक रहनेछन् । सामाजिक काममा व्यस्त रहनुपर्नेछ ।
मिथुन
व्यापार व्यवसायमा लाभ हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । अचल सम्पत्तिको कारोबार बढ्नेछ । रोकिएका अधुरा कामहरू बन्नेछन् ।
कर्कट
दाम्पत्य जीवन सुखमय रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ । साथीभाईको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ ।
सिंह
रोजगारीको नयाँ अवसर मिल्नेछ । कूटनीतिक कार्यहरू सफल हुनेछन् । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । मन प्रसन्न रहनेछ ।
कन्या
उत्साह र स्फूर्ति बढ्नेछ । सामाजिक कामहरू सफल हुनेछन् । ठुला व्यक्तिको सहयोगले काम गर्ने आत्मविश्वास बढ्नेछ ।
तुला
सोचेको आटेको काममा सफलता मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । साथीभाईसँग भेटघाटमा मन खुसी रहनेछ ।
वृश्चिक
धार्मिक र सामाजिक काममा मन जानेछ । व्यापार व्यवसायमा अवरोध उत्पन्न हुन सक्ने देखिन्छ । मेहनत गरे कामहरू सफल हुनेछन् ।
धनु
सामाजिक कार्यमा तत्परता रहनेछ । वैदेशिक यात्रा हुने देखिन्छ । स्वास्थ्यमा सुधार आउनेछ । परोपकारी काममा रुची बढ्नेछ ।
मकर
अध्ययन अध्यापनमा सुधार आउनेछ। मनोरञ्जनमा मन जानेछ । वैदेशिक कार्यहरू बन्नेछन् । जागिरमा पदोन्नतिको योग रहेको छ ।
कुम्भ
शत्रुहरू पराजित हुनेछन् । धार्मिक र सामाजिक काममा रुची बढ्नेछ । काम गर्ने हौसला, उत्साह र आत्मविश्वास बढ्नेछ ।
मीन
रोकिएका अधुरा कामहरू सुचारु हुनेछन् । बिछोडिएका मित्रसँग भेट हुनेछ । मनमा हर्ष बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी अन्तरक्रिया सम्पन्न

स्कुल भ्यानले ठक्कर दिँदा छात्राको मृत्यु

सामाजिक सेवामा स्काउटहरूको सक्रियता: नेसनल ओपन स्काउट क्र्यूद्वारा सन्चालित आँख…

फेसबुकमा अलविदा लेखेका डा. केशव भेट्टिए
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_YQBbSh2pgt_sknxlgjryi72cpc3rvo1qzkoglu4zg4auzefieqddmrsk22hiy1tf7ixj08i.jpg)
रंगिँदैछ ग्वार्को फ्लाई ओभर, असार ६ गतेदेखि सञ्चालनमा आउने (फोटो फिचर)

दु:ख र हैरानीको पराकाष्ठ : फेसबुकमा ‘अलबिदा’ लेखेर डाक्टर श्रेष्ठ सम्पर्कविहीन

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया