स्वास्थ्य सामग्री एकद्वार प्रणालीबाट सहयोग गर्न मकवानपुर प्रशासनको आग्रह

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय मकवानपुरले एकद्धारा प्रणालीबाट सहयोग गर्न आग्रह गरेको छ । कोरोना रोकथाम नियन्त्रण र उपचारका लागि विभिन्न व्यक्ति संघ संस्थाले आफूखुसी स्वास्थ्य सामग्री वितरण गरिरहेको सन्दर्भमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले दाताहरूलाई एकद्वार प्रणाली अवलम्बन गर्न अनुरोध गरेका हुन् ।
‘कोभिड-१९ बाट संक्रमित एवं प्रभावित परिवारहरुलाई राहत सामग्री वितरण गर्ने सम्बन्धमा कतिपय व्यक्ति संघ संस्थाले सम्बन्धित निकायबाट अनुमति नै नलिई राहत सामग्री वितरण गरेको/गरिरहेको सूचना एवं गुनासो यस कार्यालयमा प्राप्त हुन आएकोले राहत वितरण गर्न इच्छुक व्यक्ति संघ संस्थाले सम्बन्धित स्थानीय तह वा जिल्ला कोभिड व्यवस्थापन समितिबाट अनुमति लिएर वितरण गर्न अनुरोध गरिन्छ’ जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुमति नलिई कसैले राहत सामग्री वितरण गरेको पाइए कानुन बमोजिम कारबाही गरिने पनि जनाएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जारी सार्वजनिक सूचनामा सबैले एकद्वार प्रणाली अबलम्बन गर्न आग्रह गरिएको बताए ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया