धनकुटामा कोशी मन्त्रिपरिषद् बैठक : प्रदेशमा नै उत्पादन भएको सामग्री प्रयोग गर्नुपर्ने

धनकुटा- कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशअन्तर्गतका सरकारी कार्यालयले कार्यक्रम गर्दा प्रयोग हुने मायाको चिनो, खादा, मालालगायतका सामग्री प्रयोग गर्दा प्रदेशमा नै उत्पादन भएको सामग्री प्रयोग गर्नुपर्ने निर्णय गरेको छ ।
त्यस्तै धनकुटा र उदयपुर जिल्लाको सङ्गममा अवस्थित अरुण र तमोर नदीको सङ्गममा धनकुटातर्फ रहेको किराँत सभ्यतासँग जोडिएको खुवालुङ (ढुङ्गा) लाई सांस्कृतिक पर्यटनका रूपमा विकास गर्ने र प्रदेश मन्त्रिपरिषद् बैठक महिनाको एक पटक धनकुटामा बस्ने बैठकले निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री समशेर राईले जानकारी दिए ।
मुख्यमन्त्री केदार कार्कीको अध्यक्षतामा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय धनकुटामा पहिलोपटक मन्त्रिपरिषद् र लगानी बोर्डको बैठक आज बसेको थियो । लगानी बोर्डको बैठकले साँगुरीगढी गाउँपालिकाको भेडेटारमा करोडौँको लगानीमा निर्मित स्काइवाकलाई सम्बन्धित पक्षसँग राजस्व बाँडफाँटको बारेमा आवश्यक छलफल गरेर योजना सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकले प्रदेशमा अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्ने निर्णय गरेको लगानी बोर्डका कार्यकारी निर्देशक डा सरोज कोइरालाले जानकारी दिए ।

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

बाढीले बेलिब्रिज बगायो

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

प्रतिक्रिया