गण्डकीमा मुख्यमन्त्री नियुक्ति प्रकरण : विपक्षी गठबन्धनका ३१ सांसद प्रदेश प्रमुख कार्यालयमा
जसपा सहइञ्चार्ज भन्छन् : हाम्रो समर्थन विपक्षी गठबन्धनलाई नै छ

काठमाडौँ : पदमुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो पक्षमा बहुमत भएको भन्दै दाबी पेस गरेको केही बेरमै विपक्षी गठबन्धनका ३१ सांसद सशरीर प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका छन् । मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका कृष्णचन्द्र नेपालीलाई नै नियुक्त गर्नुपर्ने भन्दै ३१ जनै प्रदेश प्रमुख कार्यालयमा पुगेका हुन् ।
कांग्रेस संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री पोखरेलले आफुहरुले ३१ जना सशरिर उभ्याउँदा पनि नियुक्त नगर्नु जालझेल पुर्ण भएको बताएका छन् ।
यसअघि पदमुक्त मुख्यमन्त्री गुरुङले आफूलाई जसपाका सांसदहरूको समर्थन रहेको भन्दै दाबी पेस गरेका थिए । तर जसपाका गण्डकी सहइन्चार्ज रमेश पोखरेलले यस विषयमा आफूलाई जानकारी नै नभएको बताएका छन् ।
इकागजसँग कुरा गर्दै उनले आफूहरु विपक्षी गठबन्धनसँग भएकाले मुख्यमन्त्रीलाई समर्थन रहेको कुरा जानकारी नै नभएको बताएका हुन् । ‘खोई मुख्यमन्त्रीलाई समर्थन दिएको कुरा हामीलाई जानकारी छैन’ उनले भने, ‘हाम्रो दृढतापूर्वक समर्थन विपक्षी गठबन्धनलाई हो ।'

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

प्रतिक्रिया