छोराछोरीको शारीरिक शिक्षामा जोड दिन्छन् चिनियाँ अभिभावक

काठमाडौँ : चिनियाँ अभिभावकले आफ्ना छोराछोरीलाई शारीरिक शिक्षामा महत्व दिइरहेका छन् । चाइना युथ डेलीले १ हजार ५ सय १३ जना अभिभावकमा गरेको अध्ययन अनुसार ६०.५ प्रतिशत अभिभावकहरूले शारीरिक शिक्षामा बढी ध्यान दिनुपर्ने धारणा दिएका हुन् ।
त्यस्तै ५१.९ प्रतिशतले शारीरिक शिक्षाको मात्रा र गुणस्तर सुनिश्चित गर्नुपर्छ । त्यस्तै ५०.६ प्रतिशत अभिभावकले शारीरिक कक्षाका अभ्यासले कहिलेकाहिँ अन्य शैक्षिक विषयहरूका कक्षालाई समेत ओगटेको धारणा व्यक्त गरेका थिए ।
झोजियाङ प्रान्तको निङ्गबोका शि डानका एक छोरी छन् । विद्यालयले छोरीको शारीरिक शिक्षालाई बेवास्ता गरेको शि डानको अनुभव छ । उनी भन्छन्,‘शारीरिक शिक्षाको कक्षामा विद्यार्थीलाई केही मात्रै व्यायाम गर्न लगाउँछन् । तर यो कक्षामा त सबै विद्यार्थीलाई सबै खालका व्यायाम गर्न लगाउनुपर्ने हो तर त्यस्तो गराइँदैन ।’
केही अभिभावकले शारीरिक शिक्षा पढाउने शिक्षकलाई प्रशिक्षणमा सुधार गर्न र परीक्षा उन्मुख शारीरिक शिक्षाको मूल्यांकन प्रणाली परीवर्तन गर्न सुझाव दिएका छन् । (एजेन्सीको सहयोगमा)

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

प्रतिक्रिया