यी हुन् सम्पर्कविहीन भएका नेपाल प्रहरीका २३ जना

काठमाडौँ- नेपाल प्रहरीले सम्पर्कविहीन रहेका २३ जना विभिन्न कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन सूचना जारी गरेको छ ।
प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै खोजतलास गर्दा पनि सम्पर्कमा नआएका २३ जना कर्मचारीलाई ७ दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन सूचना प्रकाशित गरेको हो ।
तोकिएको अवधिमा पनि सम्पर्कमा नआए प्रहरी नियमावली २०७१ को उपनियम १ को खण्ड च अनुसार कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख गरिएको छ ।
सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका चार प्रहरी सहायक निरीक्षकसहितका २३ कर्मचारी रहेका छन् ।

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

'डन' डाइरेक्टर अधिकारीले रियालिटी शो ‘शेफ नेपालः द प्रोफेशनल’ निर्देशन गर्ने…
२३ दिनपछि मनसुन प्रणाली देशभर फैलियो

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

बाढी-पहिरो अपडेट : कहाँको छ बाटो बन्द, कहाँको छ सुचारू ? (सूचीसहित)

नवलपरासीमा बाढीले बस बगायो, यात्रुको सकुशल उद्धार (भिडियो)

प्रतिक्रिया