इतिहासमा आज

काठमाडौँ- आज चैत १३ गते अर्थात मार्च २६ । आजको दिन इतिहासमा विभिन्न घटनाहरू भए । ति घटनाबारे जानकारी दिन गइरहेका छौँ ।
सन् १८१२ मार्च २६ का दिन भूकम्पले भेनेजुएलालाई ध्वस्त बनाएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार अनुमानित २६ हजार जनाको मृत्यु भएको थियो ।
सन् १९७५ मार्च २६ मा जैविक हतियार सन्धि कार्यान्वयनमा आएका थियो । सन्धिले जैविक र विषाक्त हतियारको विकास, उत्पादन र भण्डारणमा प्रतिबन्ध लगाएको छ । यसलाई अहिले विश्वका अधिकांश देशहरूले अनुमोदन गरिसकेका छन् ।
सन् १९७९ मार्च २६ मा इजरायली प्रधानमन्त्री मेनाकेम बेगिन र इजिप्टका राष्ट्रपति अनवर सदातले ह्वाइट हाउसमा राष्ट्रपति जिम्मी कार्टरको साक्षीमा शान्ति सन्धिमा हस्ताक्षर गरेका थिए ।
त्यस्तै सन् १९९१ मा चार ओटा दक्षिण अमेरिकी देशहरुले मर्कोसर समूह स्थापना गरेका थिए । अर्जेन्टिना, ब्राजिल, उरुग्वे र पारग्वे समूहका संस्थापक सदस्य हुन् ।
सन् २०१० मार्च २६ मा अमेरिका र रूसले लगभग दुई दशकमा पहिलो प्रमुख आणविक हतियार सन्धिमा छाप लगाएका थिए । युद्धका प्रतिद्वन्द्वीहरूको वारहेड हतियारलाई लगभग एक तिहाइले घटाउन सहमत भएका थिए ।
त्यसैगरी सन् २००० मा भ्लादिमर पुटिन रुसको राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया