वृश्चिकलाई विश्वास गरेकाले धोका दिन सक्ने, वृषलाई सम्झौता गर्नुपर्दा मन खिन्न हुने

काठमाडौँ- आज २०८० चैत १३ गते मंगलबार ।
मेष
आम्दानी सामान्य भएपनि ठूलो खाँचो टर्नेछ। सोचेको आटेको काममा सफलता मिल्नेछ। व्यापार व्यवसायबाट प्रसस्त लाभ मिल्नेछ।
वृष
पढाई लेखाइमा प्रगति हुनेछ। आम्दानीका नयाँ श्रोतहरू फेला पर्नेछन्। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ।
मिथुन
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन् । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।
कर्कट
घरेलु काममा रुची बढ्नेछ। धार्मिक र सामजिक काममा व्यस्त रहनुपर्नेछ। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। स्वास्थ्यमा केहि समस्या देखिन सक्छ।
सिंह
मेहनत गर्दा लक्ष्य हासिल हुने सम्भावना देखिन्छ। पढाई लेखाइमा प्रगति हुनेछ। ब्यापार ब्यबसायमा गरेको लाभ मिल्न सक्छ।
कन्या
दाम्पत्य जीवनमा खुसियाली छाउनेछ। आम्दानीका नयाँ श्रोतहरू फेला पर्नेछन्। व्यापार व्यवसायमा फाइदा हुनेछ। रमाइलो यात्राको योग रहेको छ।
तुला
साथीभाईसँग रमाइलो भेटघाट हुनेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। अरुले तपाईंको मेहनत र इमान्दारिताको खुलेर प्रसंशा गर्नेछन्।
वृश्चिक
परोपकारी काममा रुची बढ्नेछ। धार्मिक काममा व्यस्त रहनुपर्नेछ। विश्वास गरेकाले धोका दिन सक्छन्। सामाजिक उत्तरदायित्व बढ्नेछ।
धनु
सामाजिक उत्तरदायित्व वहन गर्दै विदेश जाने मौका मिल्नेछ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। पढाई लेखाइमा प्रगति हुनेछ।
मकर
शैक्षिक क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रतिफल मिल्नेछ। प्रयास गर्दा व्यावसायिक काम सफल हुनेछन। विगतका समस्या बल्झिए पनि साँझदेखि स्थितिमा सुधार आउनेछ।
कुम्भ
स्वास्थ्यमा केहि समस्या आउने देखिन्छ। आफन्तसँग असमझदारी बढ्न सक्छ। लामो समयपछि साथीभाईसँग भेटघाट हुँदा मन खुसी रहनेछ।
मीन
टाढाको यात्राको सम्भावना देखिन्छ। पढाई लेखाइमा प्रगति हुनेछ। व्यापार व्यवसायमा सामान्य फाइदा हुनेछ। मेहनत गर्दा गेरको कामहरू सफल हुनेछन।

स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी अन्तरक्रिया सम्पन्न

स्कुल भ्यानले ठक्कर दिँदा छात्राको मृत्यु

सामाजिक सेवामा स्काउटहरूको सक्रियता: नेसनल ओपन स्काउट क्र्यूद्वारा सन्चालित आँख…

फेसबुकमा अलविदा लेखेका डा. केशव भेट्टिए
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_YQBbSh2pgt_sknxlgjryi72cpc3rvo1qzkoglu4zg4auzefieqddmrsk22hiy1tf7ixj08i.jpg)
रंगिँदैछ ग्वार्को फ्लाई ओभर, असार ६ गतेदेखि सञ्चालनमा आउने (फोटो फिचर)

दु:ख र हैरानीको पराकाष्ठ : फेसबुकमा ‘अलबिदा’ लेखेर डाक्टर श्रेष्ठ सम्पर्कविहीन

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया