शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

एशियन पेन्ट्सले इन्द्रचोकमा मनायो फागु पुन्ही या भिन्तुना

काठमाडौँ- नेपालको पेन्ट बजारमा अग्रणी स्थानमा रहन सफल एशियन पेन्ट्सले काठमाडौँ महानगरपालिका वडा नम्बर २४ र कुटुम्ब ब्यान्डको सहकार्यमा चैत ११ गते काठमाडौँको इन्द्रचोकमा रङ्गको पर्व होली मनाएको छ । नेपाली संस्कृति र समुदायको पहिचान झल्काउने उद्देश्यका साथ सांस्कृतिक कुटुम्बको सहकार्यमा यस कार्यक्रम आयोजना गरिएको थियो ।

आइतबार दिउँसो १ बजेबाट सुरु भएको उक्त कार्यक्रम दिउँसो ४ बजेसम्म चलेको थियो । कार्यक्रममा कुटुम्ब ब्यान्डको सांस्कृतिक प्रस्तुति रहेको थियो । सांगीतिक प्रस्तुति बाहेक सहभागीहरूले फोटोबुथ र एशियन पेन्ट्स बाथसेन्सको ओपन शावरको पनि मजा लिएका थिए ।

कार्यक्रमको बारेमा उत्साह व्यक्त गर्दै एशियन पेन्ट्स नेपालका कन्ट्री डाइरेक्टर गोपाल कृष्णनले भने, ‘सामाजिक सद्भाव र एकता बढाउने यस होली पर्वमा कार्यक्रम आयोजना गर्न पाएकोमा हामी निकै हर्षित छौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर २४ र कुटुम्ब ब्यान्डसँग होली मनाउन पाउँदा हामीले गौरवान्वित महसुस गरेका छौं । हामी सहभागीहरूको उत्साहजनक प्रतिक्रिया देखेर निक्कै खुसी छौं, र हाम्रो यो विविधतालाई प्रवर्द्धन गर्न यो प्रयास जारी राख्ने आशा गर्दछौं  ।’

अघिल्लो वर्षझैँ काठमाडौँ महानगरपालिका वडा नम्बर २४ र कुटुम्ब ब्यान्डकासँगको सहकार्यमा भएको यस कार्यक्रमले यस पाली पनि भरपूर सफलता पाएको आयोजकहरूले बताएका छन् ।

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा  क्याम्पा कोला उत्पादन

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा  क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्रवेश

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फाइदा

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…